आजका तस्बिर- मंसिर २४
आजका तस्बिर- मंसिर २४
हिउँले ढाकेको तिलिचो ताल ।  हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल। हिमपात भइरहेको अवस्थामा पनि बाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- मंसिर २४
मूर्ति निर्माण गर्दै ।  दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिर्जनशील मूर्ति उद्योगमा भगवान विष्णु र लक्ष्मीको मूर्ति बनाउँदै जानकी मगर। उनले श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरूले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आएकी छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर २४
शितलहरसहित कुहिरो ।  सुनसरीको इनरूवामा आइतबार बिहान लागेको शितलहर सहितको कुहिरो। शितलहरसहित लागेकोे कुहिरोका कारण यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- मंसिर २४
जाग्राम बस्दै भक्तजन ।  काठमाडौं पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुर्दशी औंसीको अघिल्लो दिन पितृको सम्झनामा बत्ती बाल्न आएका भक्तजनहरू बत्ती बालेर जाग्राम बस्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर २४
बजार लैजान सुन्तला टिप्दै ।  तनहुँको कर्णाली भनेर चिनिने देवघाट गाउँपालिका–३ स्थित लुम्रिङमा फलेका सुन्तला बिक्री गर्न बजार लैजान टिपिँदै। यहाँ स्थलमार्ग सहज नहुँदा सुन्तला व्यवसायीले दोब्बर भाडा तिरेर घुमाउरो बाटोमार्फत बजार पुर्याउनुपर्ने बाध्यता छ। तस्बिर: मिला दरै/रासस
प्रतिक्रिया दिनुहोस्