आजका तस्बिर- मंसिर २६
आजका तस्बिर- मंसिर २६
‘धो’ उपत्यकामा परेको हिउँ ।  उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ उपत्यकामा परेको हिउँ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २६
सडक छेउमा बिक्रीका लागि राखिएका सुन्तला ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडकछेउमा बिक्री गर्न राखिएका सुन्तला । राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई लक्षित गरी व्यापारीले सडक छेउमा सुन्तला बिक्री गर्न राखेको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- मंसिर २६
अन्तु डाँडामा पर्यटक ।  सूर्योदयको दृश्यावलोकन गर्न इलामको सूर्योदय नगरपालिका -५ स्थित अन्तु डाँडामा आएका पर्यटक। तस्बिरः रामकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर २६
आधारभूत अस्पताल ।  भूकम्पले अस्पताल क्षति भएपछि बारेकोट गाउँपालिकामा टेन्ट राखेर सञ्चालन गरेको १० शय्याको गाउँपालिका आधाभूत अस्पताल। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २६
ई:को प्रदर्शनमा स्थानीयको अवरोध ।  ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ई:लाई स्थानीयले अवरोध गरेका छन्। उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन्।तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्