आजका तस्बिर- पुस १
आजका तस्बिर- पुस १
लाडियामा पराल लैजाँदै रामधिरज ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ५७ वर्षीय रामधिरज यादव आइतबार बिहानै बस्तुभाउलाई खुवाउन लाडियामा पराल लैजाँदै। तस्बिरः रूपनी जिएम/रासस
आजका तस्बिर- पुस १
विवाहपञ्चमी ।  विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका श्रद्धालु भक्तजन। तस्बिरः अजयकुमार साह/रासस
आजका तस्बिर- पुस १
ताकममा सुन्तला खेती ।  म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा गरिएको सुन्तला खेती। म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- पुस १
जंकुमा सहभागी महिला ।  मध्यपुर थिमि-७ नगदेशमा ज्येष्ठ नागरिकको जंकु ९ भीम रथारोहनको अवसरमा खट परिक्रमासँगै लामबद्ध नेवारी वेषभूषा ‘हाकुपतासी’मा सजिएकी सहभागी महिला आफन्त। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- पुस १
तोरीको खेती दृश्यसँग गहुँबाली ।  बैतडीको दोगडाकेदार-७ चडेपानीमा गहुँबालीसँगै डिलतिर रहेको तोरीको सुन्दर दृश्य। तस्बिरः विनोदसिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्