आजका तस्बिर- पुस २
आजका तस्बिर- पुस २
जलाशयमा चरा ।  दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित कृत्रिम जलाशयमा खेल्दै जाडो छल्न आएका जलेवाको बथान। यिनीहरूको मुख्य आहारा माछा भएकाले नदी तथा जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस २
रक क्लाइम्बिङ गर्दै आरोही ।  सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभीरमा सोमबार रक क्लाइम्बिङ गर्दै आरोही । तस्बिर ः अच्युत रेग्मी÷रासस
आजका तस्बिर- पुस २
दीक्षान्तको खुसी ।  काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोह गरेको छ। त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस २
थाक्रामा राखिएको मकै र पृष्ठभूमिमा धौलागिरि हिमाल ।  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- पुस २
तोरी खेती ।  मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ सिमलटार गाउँका कृषक विष्णुकुमारी बजगाईंले गरेको तोरी खेती। तस्बिरः मणिराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्