आजका तस्बिर- पुस ५
आजका तस्बिर- पुस ५
प्रदर्शनकारी नियन्त्रणमा ।  माइतीघर मण्डलमा एनसेलविरूद्ध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी नियन्त्रणमा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस ५
ढोडे गोकुल चरा ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रको बस्तीमा देखिएको ढोडे गोकुल चरा। यो चरा तराई क्षेत्रका बस्ती नजिकका झाडीहरूमा पाइने गरिन्छ। यस चराको मुख्य आहारका रूपमा कीराफट्याङग्राहरू रहने गरेका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- पुस ५
पाण्डवखानी गाउँ ।  बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँ। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको यो गाउँले पर्यटक आकर्षण गरिरहेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- पुस ५
डालो बुन्दै ।  तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका बाँसको चोयाबाट डालो बुन्दै महिला। यहाँका स्थानीयले बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका छन्। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- पुस ५
मह काढ्दै ।  दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटमा डुम्मरगाउँका सिरबहादुर पुनले व्यावसायिक रूपमा पालेका मौरीको मह काढ्दै। गत वर्ष ६०० प्रतिकिलोमा मह बिक्री गरेका किसानले भारतीय महसँग प्रतिस्पर्धा गर्नुपर्दा यस वर्ष रु ५०० प्रतिकिलोका दरले बिक्री गर्न बाध्य छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्