आजका तस्बिर- पुस ६
आजका तस्बिर- पुस ६
ओखरेनी गाउँ ।  सिन्धुपाल्चोकको लेकाली क्षेत्रको ओखरेनी बस्ती। पाँचपोखरी थाङपाल गाउँपालिकाको लागार्चेमा पर्ने यो गाउँ झण्डै साढे दुई हजार मिटरको उचाइमा छ। तस्बिर: रुपक पुरी/रासस
आजका तस्बिर- पुस ६
घाम ताप्दै ।  काठमाडौंको मूलपानीमा रहेको एउटा टहरोमा घाम ताप्दै गरेका बकुल्लाहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस ६
किसानी ।  काठमाडौंको मूलपानीस्थित एउटा फार्ममा साग टिप्दै गरेकी एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस ६
न्यानो कपडा पाउँदा विद्यार्थी खुसी ।  मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी। ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहकार्यमा मुगुका ८ वटा विद्यालयका एक हजार ८५ विद्यार्थीलाई न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ। तस्बिर: नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- पुस ६
धारापानी गाउँ ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ धारापानी र पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमाल। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्