आजका तस्बिर-पुस ७
आजका तस्बिर-पुस ७
सुन्तलाको व्यापार ।  बिक्री गर्न पूर्वी पहाड पाँचथरबाट गाडीमा ल्याइएको सुन्तला शनिबार झापाको दमकमा झार्दै व्यापारी। यतिखेर बजारमा सुन्तलाको कारोबार बढेको छ। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिर-पुस ७
आमाको काजकिरियामा बसेका छोरीहरू ।  चितवनको भरतपुर महानगरपालिका–२०, चनौलीमा आमाको मृत्युपछि काजकिरियामा बसेका चार छोरी । आमा ज्ञानीमाया रानाभाटको ५१ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरीहरु चन्द्रामाया, नेत्रमाया, रितु र विवाहित छोरी मालतीले आमाको काजकिरिया गरेका हुन्। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर-पुस ७
तरकारी किसान ।  सुनसरीको इनरुवास्थित तरकारी थोक बजारमा शनिबार आफ्नो बारीमा उत्पादित काउली बिक्री गर्न आएका किसान । काउली थोक बजारमा प्रति क्वीन्टल रु दुई हजार ५०० देखि रु तीन हजारमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर-पुस ७
खेतमा सुकाइएको अदुवा र बेसार ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर-पुस ७
माघीको तयारी ।  माघी पर्वको लागि जङ्गलबाट पात ल्याउँदै दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिग्नी गाउँका थारु समुदाय । माघी थारू समुदायको मुख्य पर्व हो। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्