आजका तस्बिर- पुस ९
आजका तस्बिर- पुस ९
व्यापार ।  काठमाडौंको थलीमा डोको बेच्न हिँडेका एक व्यापारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस ९
स्ट्रबेरी टिप्दै ।  दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरामा व्यावसायिक रूपमा गरेको स्ट्रबेरी खेतीमा स्ट्रबेरी टिप्दै युवती। दाङमा स्ट्रबेरी प्रतिकिलो करिब आठ सय रुपैयाँको दरले बिक्री हुने गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ९
घाम ताप्दै ।  ललितपुरस्थित सानेपाको सडक पेटीमा घाम ताप्दै साधुहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस ९
चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगितामा सहभागी कुमारी ।  पोखरा महानगरपालिका-४ द्वारा सोमबार पोखरामा आयोजना गरिएको चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगितामा सहभागी कुमारी। तस्बिर: धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- पुस ९
सिंहदरबार पश्चिम मूलढोका प्रबलीकरण ।  देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार पश्चिम मूलढोकाको प्रबलीकरण गरिँदै। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सिंहदरबारको पश्चिम मूल ढोका आठ वर्षपछि प्रबलीकरण सुरू भएको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजका तस्बिर- पुस ९
भकुण्डेबाट देखिएको हिमाल ।  
आजका तस्बिर- पुस ९
सुन्तला बोक्दै कामदार ।  तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित विश्वबहादुर अधिकारीको बगानमा उत्पादन भएको सुन्तला बोकेर ल्याउँदै कामदार। अधिकारीले यस वर्ष करिब ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्। तस्बिर: कृष्ण न्यौपाने, रासस
प्रतिक्रिया दिनुहोस्