आजका तस्बिर- पुस ११
आजका तस्बिर- पुस ११
कोसी टप्पुमा पुष्पा र अञ्जली ।  कोसीटप्पु वन्यजन्तु आरक्षस्थित पथरी सेक्टरको खोर (इन्क्लोजर) मा राखिएका पुष्पा र अञ्जली नाम गरेका गैंडा। तीन महिनाअघि चितवन राष्ट्रिय निकुन्जबाट ल्याइएको गैंडा हेर्न यतिबेला कोसी तथा मधेस प्रदेशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू आउने गरेको आरक्षका संरक्षण अधिकृत रमेश यादव बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- पुस ११
साइबेरियन चरा घाम ताप्दै ।  जाडो छल्न साइबेरियादेखि आएका हाँस प्रजातिका चरा मोरङको बेतना सिमसार क्षेत्रको रूखमा बसेर घाम ताप्दै। तस्बिर:विवेक मिश्र/रासस
आजका तस्बिर- पुस ११
च्याब्रुङ नाच ।  चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाममा मङ्गलबार आयोजित कार्यक्रममा लिम्बू समुदायको परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- पुस ११
भकारी बुन्दै ।  दाङको राप्ती गाउँपालिका-३ स्थित खुरुरिया गाउँका महङु चौधरी थाकलको पातको भकारी बुन्दै। थाकलको पातले बुनेको भकारीलाई गोबरले पोतेर घरभित्र अन्नपात राख्न प्रयोग गर्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ११
सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरू ।  चितवनको सौराहामा आयोजना गरिएको १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरू। उक्त प्रतियोगितामा सात वटा हात्तीले सहभागिता जनाएको छ। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्