आजका तस्बिर- पुस १२
आजका तस्बिर- पुस १२
रियल स्टेट एक्स्पो ।  घरजग्गा व्यवसायसम्बन्धी प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आजदेखि सुरू भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एक्स्पो पुस १५ गतेसम्म चल्नेछ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १२
कुहिरोले ढकमक्क ।  तनहुँको ऋषिङ गाउँपालिका–२ डाँडाखुदीबाट बिहीबार बिहान देखिएको कुहिरो। चिसो मौसममा यहाँका डाँडाबाट कुहिरोले ढकमक्क ढाकेको दृश्य देख्न सकिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस १२
रइटामा ऊनको धागो बनाउँदै महिला ।  रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा रइटाबाट ऊनको धागो बनाउँदै महिला। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- पुस १२
परम्परागत घर ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा परम्परागत घर पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमाल। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस १२
मिलचरा 'सानो न्याउली' ।  दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा। रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि भने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्