आजका तस्बिर- पुस १३
आजका तस्बिर- पुस १३
बालकुमारीमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी ।  ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस १३
व्यावसायिक रूपमा मौरीपालन ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका ४८ वर्षीय माधव केसीले व्यावसायिक रूपमा पालन गरेको उन्नत जातका मौरी। विगत डेढ दशकदेखि सो पेसा अङ्गालेका केसीले तीन जनालाई रोजगारी दिएका छन्। तस्बिरः नारायणी रजौरे/रासस
आजका तस्बिर- पुस १३
सडक छेउमा बिक्री गर्न राखिएको तरकारी ।  दाङ घोराही उपमहानगरपालिका–१४ बालमन्दिर चोक नजिक सडक किनारमा बिहानैदेखि तरकारी बिक्री गर्न बसेका किसान। गाउँमा संकलन केन्द्र नहुँदा उत्पादित तरकारी ल्याएर दैनिक सडक छेउमा बसेर बिक्री गर्न किसान बाध्य छन्। तस्वीर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस १३
घुमाउने घर ।  तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा रहेको घुमाउने घर। यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस १३
बाँसका चोयाबाट डोको बुन्दै ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका नरभान धामी बाँसका चोयाबाट डोको बुन्दै। डोको बुनेर धामीले घर खर्च चलाउने गरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्