आजका तस्बिर- पुस १४
आजका तस्बिर- पुस १४
माइतीघरमा प्रदर्शन ।  माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस १४
पाथीभरा मन्दिरको दर्शन गर्दै दर्शनार्थी ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्दै दर्शनार्थी। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- पुस १४
तेलियनपुरको तोरी खेती ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ तेलियनपुरमा साढे चार विगाह जमिनमा लगाइएको तोरी बारीमा पहेँलपुर भएर फुलेको तोरीबाली। तस्बिर: रुपनी जिएम/रासस
आजका तस्बिर- पुस १४
मुग्लिन–नारायणगढ सडक खुल्ने पर्खाइमा यात्रु ।  मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सडक विस्तारको क्रममा यातायात बन्द गरी भिर काटेर डाइभर्सन निर्माण गर्दा सडक खुल्ने पर्खाइमा मोटरसाइकलका यात्रु। दिउँसो १२ बजेदेखि ४ बजेसम्म दैनिक बन्द हुँदै आएको छ। एक महिनासम्म यातायात बन्द गरी भिर काटिनेछ। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- पुस १४
प्रदर्शनमा परम्परागत सामग्री ।  पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामग्री।तस्बिरः जमुना वर्षा शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्