आजका तस्बिर- पुस १६
आजका तस्बिर- पुस १६
नमस्कार! ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई अभिवादन गरेका छन्। पछिल्लो समय उनीहरूबीच सम्बन्ध चिसिएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १६
राष्ट्रिय पोशाक तथा टोपी दिवस ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल परिवारले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ। पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस १६
बालकुमारी घटनामा दोषीलाई कारबाही माग गर्दै पीडितले निकाले र्‍याली ।  बालकुमारी घटनामा ज्यान गुमाएकाहरूको न्याय माग्दै ललितपुरको ग्वार्कोमा विरोध र्‍याली निकालिएको छ। दुई जना युवकको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै मृतकका आफन्तलगायतले र्‍याली निकालेका हुन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- पुस १६
प्याराग्लाइडिङ गर्दै ।  सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक । वीरेन्द्रनगरको अवलोकन गर्नेगरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरू भएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- पुस १६
जलवायु सम्मेलनस्थल गुफाडाँडा ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडा। यस स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो। त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ। तस्बिरः देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्