आजका तस्बिर- पुस १९
आजका तस्बिर- पुस १९
भेट ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेका छन्। जयशंकर बिहीबार नेपाल आएका हुन्। उनले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू आजै सक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। तस्बिर: सेतोपाटी
आजका तस्बिर- पुस १९
कोदोको नलको टौवा ।  तनहुँको देवघाट गाउँपालिका–२ जरमस्थित झरी, बादल परेको बेला गाईवस्तुलाई खुवाउन सुरक्षित गरेर राखिएको कोदोको नलको टौवा । यस क्षेत्रमा धान खेती कम हुने हुँदा कोदोको नललाई सुरक्षित गर्ने प्रचलन छ। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- पुस १९
आश्रमको मन्दिर ।  कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरमा रहेको बालहङ्स साङ्गवेद आश्रमको मन्दिर। तस्बिरः सनिउल्ला धोबी/रासस
आजका तस्बिर- पुस १९
सडकमा खाली कुर्सी राखेर नेविसंघको विरोध प्रदर्शन ।  नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा राजनीतिक नियुक्तिविरूद्ध खबरदारी तथा सचेतना कार्यक्रम गरेको छ। झन्डै १५० वटा खाली कुर्सी राखेर संघले सांकेतिक रूपमा प्रदर्शन गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्