आजका तस्बिर- पुस २०
आजका तस्बिर- पुस २०
बिस फिट उचाइको त्रिशूल ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र रौटेलामा राखिएको बीस फिटको त्रिशूल। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- पुस २०
भारत फर्किए जयशंकर ।  नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश मन्त्री एस जयशंकर फर्किएका छन्। परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्साल लगायतले विदेश मन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका हुन्। तस्बिर: सेतोपाटी
आजका तस्बिर- पुस २०
'पानीमा चलखेल तुरून्त बन्द गर!' ।  काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले आज पनि प्रदर्शन गरेको छ। समितिले पाटन दरबार स्क्वायरमा दबाबमूलक र्‍याली निकालेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस २०
उल्का वर्षा ।  दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराबाट शुक्रबार बिहान देखिएको उल्का वर्षा। तस्बिर : कुलदीप न्यौपाने / रासस
आजका तस्बिर- पुस २०
आलु गोडमेल गर्दै किसान ।  म्याग्दीको बेनी नगरपालिका–४ ठुलोखोलाका किसान आलु गोडमेल गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रमअन्तर्गत ठुलोखोलाका ३६ घरधुरी कृषकले १०० रोपनी खेतमा आलु खेती गरेका छन्। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्