आजका तस्बिर- पुस २१
आजका तस्बिर- पुस २१
माइतीघरबाट डा. केसीलगायत ९ जनालाई प्रहरीले लियो नियन्त्रणमा ।  माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसी लगायतका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस २१
टुँडिखेलमा साकेला ।  किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्। किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस २१
एकीकरण पदयात्रा ।  गोरखा दरबारबाट शनिबार एकीकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली। सो टोली धादिङ–नुवाकोट हुँदै पुस २६ गते काठमाडौं पुग्नेछ। तस्बिरः दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- पुस २१
हात्तीले पुर्‍याएको क्षति ।  झापाको कमल गाउँपालिका-५ स्थित चाँजु-टुक्रे बस्तीमा शनिबार विहान जङ्गली हात्तीले पुर्याएको क्षति । हात्तीले स्थानीय चार जनाको कच्ची घरमा क्षति पुर्‍याएको छ। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
प्रतिक्रिया दिनुहोस्