आजका तस्बिर: पुस २३
आजका तस्बिर: पुस २३
लाङटाङ हिमाल ।  रसुवामा अवस्थित लाङटाङ हिमाल। विगतका वर्षहरूमा यो समयमा हिउँले ढाकेर सेताम्मे भइसक्ने यो हिमालमा यस वर्ष हिउँ कम परेको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर: पुस २३
सौर्य बत्ती मर्मत गर्दै ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले खलङ्गा बजार आसपासको क्षेत्रमा राखेका सडक सौर्य बत्ती मर्मत गर्दै प्राविधिक। गत वर्ष माघ महिनामा नगरपालिकाले रु तीस लाख २७ हजार चार सय ५० खर्चेर बजार क्षेत्रमा ४० वटा सोलार बत्ती जडान गरेको थियो। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
आजका तस्बिर: पुस २३
अस्थायी विद्यालय भवन ।  जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन। गत कात्तिक १७ गतेको भूकम्पका कारण भत्किएपछि विभिन्न निकायको सहयोगमा अस्थायी संरचना निर्माणपछि विद्यालय सञ्चालनमा आएको छ। तस्बिर: हेमन्त केसी / रासस
प्रतिक्रिया दिनुहोस्