आजका तस्बिर- पुस २३
आजका तस्बिर- पुस २३
परालको चकटी बुन्दै महिला ।  मोरङको लक्ष्मीमार्गको महिला परालको चकटी बनाउँदै। पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले यस प्रकारका घरेलु उत्पादनको प्रयोग घट्दो छ। तस्बिरः विवेक मिश्र/रासस
आजका तस्बिर- पुस २३
सुन्तला वर्गीकरण ।  म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको राखुमा बोटबाट टिपेका सुन्तला वर्गीकरण गर्दै किसान। तस्बिर: ध्रुबसागर शर्मा/ रासस
आजका तस्बिर- पुस २३
लाङटाङ हिमाल ।  रसुवामा अवस्थित लाङटाङ हिमाल। विगतका वर्षहरूमा यो समयमा हिउँले ढाकेर सेताम्मे भइसक्ने यो हिमालमा यस वर्ष हिउँ कम परेको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- पुस २३
कुहिरोले ढाक्यो दाङ ।  दाङको घोराही उपमहानगरपालिका -१५ घोराहीको बिपी चोकमा सोमबार बिहान लागेको कुहिरो। दाङमा विगत चार दिनदेखि बिहान बाक्लो कुहिरो लागेर चिसो बढेको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- पुस २३
आरती साहलाई न्याय देऊ! ।  ललितपुरमा रहेको राष्ट्रिय मानव अधिकार आयोग अगाडि आरती साहको न्यायका लागि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- पुस २३
जाम ।  सोमबार क़ाठमाडौंको रामशाह पथअघि देखिएको सवारी चाप। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्