आजका तस्बिरः पुस २३
आजका तस्बिरः पुस २३
माघे संक्रान्तिको चटारो ।  माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखामा रहेको विभिन्न चाकु उद्योगहरूमा यतिबेला चाकु बनाउने चटारो छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः पुस २३
नयाँ पसलका टहराहरू ।  पशुपति विकास कोषले वनकाली क्षेत्रमा सञ्चालन भइरहेका साना पसलहरू सारेर नयाँ क्षेत्रमा व्यवस्थापन गर्ने भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरः पुस २३
नेपालको नक्सा तयार गरिँदै ।  कञ्चनपुरको वेदकोट नगरपालिका–७ रौटेलास्थित बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका सैनिक जवान सिमेन्टको प्रयोग गरी नेपालको नक्सा तयार गर्दै। सैनिकले नेपालको नक्सासहित सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि लघु पार्कसमेत निर्माण गरिरहेका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिरः पुस २३
माघी मिलन ।  दाङको घोराही उपमहानगरपालिका-१४ नम्बर वडा कार्यालयको आयोजनामा माघी पर्वका अवसरमा मंगलबार झिङौरामा भएको माघी मिलन कार्यक्रममा सहभागी हुन जाँदै तल्लो झिङौरा टोलका स्थानीय थारू समुदाय। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्