आजका तस्बिर- पुस २५
आजका तस्बिर- पुस २५
पक्राउ परेका बमजन सार्वजनिक ।  तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस २५
बमजनको घरबाट प्रहरीले बरामद गरेको नगद र अन्य वस्तुहरू ।  सिआइबीले रामबहादुर बमजनको घरबाट बरामद गरेको तीन करोड भन्दा बढी नेपाली रूपैयाँ र ३० लाखभन्दा बढी विदेशी मुद्रा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस २५
करूवा बनाउँदै कालिगढ ।  मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा रहेको एक उद्योगमा पुरानो पित्तलको सामान प्रशोधन गरी करूवा निर्माण गर्दै कालिगढ । तस्बिरः मणिराम दाहाल÷रासस
आजका तस्बिर- पुस २५
जेट बोटमा रमाउँदै आन्तरिक पर्यटक ।  सङ्खुवासभा र भोजपुरको सिमानामा पर्ने सतिघाटस्थित अरुण नदीमा सञ्चालन भएको जेट बोटमा रमाउँदै आन्तरिक पर्यटक । अरुण नदीमा जेट बोट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिरः भविन कार्की/रासस
आजका तस्बिर- पुस २५
मलाई पनि जाडो हुन्छ ।  जाडो बढेपछि सुनसरीको इनरुवामा बाक्लो कपडा ओडाइएका चौपाया । केही दिनदेखि बढेकोे शीतलहरसहितको चिसोले जनजीवन कष्टकर बन्दै गइरहेको छ ।तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- पुस २५
हिउँले ढाकिएको गङ्गापूर्ण ताल ।  मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित हिउँले ढाकिएको गङ्गापूर्ण तालको सुन्दर दृश्य र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल साथै सेताम्मे डाँडापाखा। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- पुस २५
सिद्राको व्यापार ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भानु चोकमा बिक्रीकालागि राखिएको सिद्रा माछा । जाडोयाममा सिद्राको झोल खाँदा तातो हुने भएकाले जाडो मौसममा बढी बिक्री हुने गरेको व्यापारी बताउछन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस २५
सडक कालोपत्र ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा गरिएको दुईतर्फी कालोपत्र सडक । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको चार किलोमिटरमा दुईतर्फी र १२ किलोमिटरमा एकतर्फी कालोपत्र सकिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्