आजका तस्बिर- पुस २६
आजका तस्बिर- पुस २६
गाँजा ।  काठमाडौंको पशुपति क्षेत्रबाट गाँजा कारोबारीहरूबाट नियन्त्रणमा लिएको गाँजा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस २६
विरोध ।  मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पुत्ला जलाएका छन्। उनीहरूले मुलुकमा महँगी र भ्रष्टाचार बढे पनि दाहाल नेतृत्वको सरकारले नियन्त्रण गर्न नसकेको भन्दै विरोध गरेका हुन्। तस्बिरः निशा अधिकारी/सेतोपाटी
आजका तस्बिर- पुस २६
भक्तजन ।  पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन। तस्बिरः रामहरि न्यौपाने/रासस
आजका तस्बिर- पुस २६
घाममा बसेर पढ्दै ।  म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि माविका विद्यार्थी जाडोको कारण घाममा बसेर अर्धवार्षिक परीक्षा दिँदै । उच्च पहाडी र हिमाली भेगमा कठङ्ग्रिदो जाडो बढेका कारण विद्यालयमा विद्यार्थीलाई घाममा राखेर पठनपाठन गराउन थालिएको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस २६
चर्न जाँदै याक ।  हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित जमेको मर्स्याङ्दी नदी पार गरी चरन क्षेत्रमा जाँदै याकचौरी । तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्