आजका तस्बिर- पुस २८
आजका तस्बिर- पुस २८
तरूल किन्दै ग्राहक ।  माघेसंक्रान्ति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिका–४ स्थित खोपेगल्ली तरकारी बजारमा विभिन्न जातका तरूल किन्दै ग्राहक। यस वर्ष तरूलको मूल्य रु. १०० देखि १५० सम्ममा बिक्री भइरहेको छ। तस्बिर: मणिराज गौतम/रासस
आजका तस्बिर- पुस २८
ज्यामरूक कोटको भकुण्डे र खड्गभवानी कोट ।  म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ज्यामरूककोटको भकुण्डेचौर र शिरानमा देखिएको खड्गभवानी कोट। तस्वीर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- पुस २८
फर्सी सुकुटे भण्डारण ।  म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीको एक घरमा घाममा सुकाएर राखिएको फर्सी र मूलाको सुुकुटी। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस २८
झोलुङ्गे पुल मर्मत ।  यही आउँदो माघ १ गते लागि मकर सङ्क्रान्ती गङ्गा स्नानमा आउने भक्तजनको सुरक्षालाई दृष्टिगत गरी त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत गर्दै कामदार। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- पुस २८
हाटबजार ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ मा लाग्ने साप्ताहिक संखुवाबजार हाटमा शनिबार माघे सङ्क्रान्तिको लागि तील, च्युरा र मुरही खरिद बिक्री गरिँदै। तस्बिर: अजयकुमार साह/रासस
प्रतिक्रिया दिनुहोस्