आजका तस्बिर: पुस २९
आजका तस्बिर: पुस २९
खेती ।  ललितपुरको सानेपामा तरकारी बारीमा पानी हाल्दै एक किसान। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: पुस २९
कौराहा ।  मगर समुदायहरूले माघीका अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा कौराहा नृत्य गरेका छन्। उक्त नृत्यमा सहभागी युवतीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: पुस २९
हात्तीसँग रमाउँदै पर्यटक ।  चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीसँग रमाउँदै विदेशी पर्यटक। इस्वी संवतको नयाँ वर्षको सुरूवातसँगै सौराहामा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको व्यवसायी बताउँछन्। तस्बिरः सुरेन कुँवर / रासस
आजका तस्बिर: पुस २९
एनसीसीका विद्यार्थी मार्चपास गर्दै ।  राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा सञ्चालित सिसम ४९ जुनियर डिभिजनका १५ वटा विद्यालयमा अध्ययनरत कक्षा आठदेखि कक्षा दश सम्मका पाँच सय २६ जना विद्यार्थी मार्चपास गर्दै। तस्बिर : रुपनी जिएम/रासस
आजका तस्बिर: पुस २९
आगलागीबाट क्षतिग्रस्त होटल ।  उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका –७, छेकम्पारस्थित ट्रेकस होम होटलमा आइतबार भएको आगलागी। आगलागीबाट होटल पूर्णरुपमा जलेर नष्ट भएको छ। तस्बिर: दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्