आजका तस्बिर- माघ १
आजका तस्बिर- माघ १
रत्नेचौरको सुन्दरता ।  म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन्। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- माघ १
डुंगा चढेर वारपार गर्दै देवघाट आएका भक्तजन ।  कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा डुंगा चढेर वारपार गर्दै भक्तजन। झोलुंगे पुल जीर्ण अवस्थामा रहेकोले वैकल्पिक बाटोको रूपमा डुंगा प्रयोग गर्न देवघाट क्षेत्र विकास समितिले अनुरोध गरेको छ। तस्बिर: मिला दरै / रासस
आजका तस्बिर- माघ १
टुँडिखेलमा भीड नियन्त्रण गर्न हम्मे! ।  काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेको छ। सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- माघ १
प्रधानमन्त्री प्रचण्डले सुरू गरे मेलम्ची खानेपानी पुनः वितरण ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएकोजस्तो देखिने धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ १
गोरु जुधाई ।  माघे सङ्क्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाकोटको भंगेरीमा जुधाइएको गोरु। रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ। तस्बिर: शंकर श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्