आजका तस्बिर- माघ २
आजका तस्बिर- माघ २
उद्धारमा खटिएको गोताखोर सहितको प्रहरी टोली ।  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा मंगलबार बिहान जीप खसेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर सहितको टोली। नदीमा बिआर ०९ जिसी १४३९ नम्बरको भारतीय नम्बर प्लेटको जीप भेटिएको छ भने कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर- माघ २
सरस्वतीे मूर्तिको आकृति दिँदै कालिगढ ।  सुनसरीको इनरूवामा सरस्वती मूर्तिको आकृति दिँदै कालिगढ विनोदकुमार यादव। सरस्वती मूर्तिको आकार अनुसार दुई हजार ५०० देखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन्। तस्बिर:नवीन गड्तौला/रासस
आजका तस्बिर- माघ २
आलु र तोरी खेती ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको बालुवाबाट देखिएको पाँचखाल फाँटमा किसानले गरिएको आलु र तोरी खेती। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर- माघ २
सोलुखुम्बुका हिमालहरू कालापत्थरमा परिणत ।  समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरू क्रमशः कालो बन्दै। समयमा हिमपात तथा वर्षात् नहुँदा सधैंजसो चाँदीझैं टलक्क टल्कने सेता हिमालहरू कालापत्थरमा परिणत हुँदै गएका हुन्। तस्बिर:सुवास विश्वकर्मा/रासस
आजका तस्बिर- माघ २
कुमाल वेशभूषा र संस्कृति ।  चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरूले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवायुवती । कुमाल समुदायको वेषभूषा र कलासंस्कृति संरक्षण र संवर्द्धनका लागि देशभरका कुमाल समुदाय यहाँ जम्मा भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन्। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- माघ २
चिडियाखानामा देखिएको हरिण ।  मंगलबार ललितपुरको सदर चिडियाखानामा देखिएको हरिण। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्