आजका तस्बिर- माघ ३
आजका तस्बिर- माघ ३
जोखिममा डुंगा सवार ।  बर्दियाको गेरूवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीको सनकट्टीमा डुंगामा सवार गर्दै सर्वसाधारण। नदी वारपार गर्न स्थानीयहरू जोखिममा डुंगा सवार गर्न बाध्य छन्। तस्बिर: झलनाथ खनाल/रासस
आजका तस्बिर- माघ ३
घरेलु तानमा खादी बुन्दै निर्मला ।  दाङको घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बर गाउँकी निर्मला बुढा घरेलु तानमा मगर समुदायले लगाउने परम्परागत पोशाक खादी बुन्दै। बुन्न सुरू गरेको दश दिनमा तयार हुने खादीको बजार मूल्य चार हजार रुपैयाँ छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ३
मेलामा चोयाबाट निर्मित सामग्री ।  माघे संक्रान्ति मेलाको अवसरमा गुल्मीको रिडीमा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट निर्माण गरिएका सामग्री। मेलामा बाग्लुङ, रूकुम र रोल्पासम्मका व्यापारीहरू मेला भर्नका लागि प्रत्येक वर्ष रिडी झर्ने गर्दछन्। मेलामा बाँसका डाली र नाङ्लाको राम्रो माग हुने गर्दछ। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर- माघ ३
खेल मैदानमा पानी छर्कंदै ।  दाङको घोराही उपमहानगरपालिका-१८ नवलपुरमा रहेको खेल मैदान धुलाम्मे भएपछि घोराही उपमहानगरपालिकाको दमकलले पानी छर्कंदै। यो खेल मैदानमा नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता चलिरहेको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- माघ ३
जडिबुटी बेच्दै महिला ।  झापाको गौरादह बजारमा जडिबुटी बेच्दै हिमाली भेगका महिलाहरू। तस्बिर: यज्ञराज आङ्देम्बे/रासस
प्रतिक्रिया दिनुहोस्