आजका तस्बिर- माघ ४
आजका तस्बिर- माघ ४
कुहिरोले ढाकेको चुप्रा बजार ।  दैलेखको नारायण नगरपालिकास्थित बजारबाट देखिएको कुहिरोले ढाकेको चुप्रा बजार र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ ४
किस्पाङको नौ घडेरी ढुंगा ।  नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा अवस्थित ऐतिहासिक नौ घडेरी ढुंगा। खम्पाविद्रोह गरेर आएका नौ परिवारले घर बनाई बसोबास गरेकाले यस ढुंगालाई नौ घडेरी नामकरण गरिएको हो। यहाँबाट नुवाकोटको अधिकांश भूभाग अवलोकन गर्न सकिने हुँदा पर्यटकका लागि उपयुक्त गन्तव्यस्थलको रूपमा परिचित छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- माघ ४
सिमकोट विमानस्थलबाट देखिएको आसपासको दृश्य ।  हुम्लाको सिमकोट गाउँपालिकास्थित सिमकोट विमानस्थलबाट देखिएको आसपासको दृश्य। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- माघ ४
सिताके च्याउ ।  इलामको माइजोगमाई गाउँपालिकाका घनेन्द्र काफ्ले र रामप्रसाद काफ्ले दाजुभाइले काठको मुडामा उत्पादन गरेको सिताके च्याउ। तस्बिर : टीका खतिवडा/रासस
आजका तस्बिर- माघ ४
तरबार नाच प्रदर्शन गर्दै गाउँपालिका अध्यक्ष ।  तरबार नाच प्रदर्शन गर्दै बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती। बाइसे चौबिसे राजाको पालादेखि नाच्दै आइएको यो नाच अहिले पनि प्रचलनमा छ। तस्बिरः डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्