आजका तस्बिर- माघ ५
आजका तस्बिर- माघ ५
त्रिशूली जलविद्युत केन्द्रको बाँध ।  त्रिशूली जल विद्युत केन्द्रमा पानी ल्याउन विदुर नगरपालिका–७ र १० स्थित भैँसेमा विसं.२०१८ सालमा निर्माण गरिएको बाँध। २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन पश्चात सोही पानीको उपभोग गरेर १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्र सञ्चालन भइरहेको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- माघ ५
कोइला झार्दै कामदार ।  दाङको घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइला खानीबाट ल्याइएको कोइला घोराही-१४ कपासीको कृपालु कोल उद्योगमा झार्दै कामदार। दाङको पहाडी गाउँको खानीबाट निकालेको कोइला कपासीमा भण्डार गरेर यहीबाट बिक्री गर्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ५
हिमशृंखलासँगै देखिएको ताप्ले गाउँ ।  गोरखा नगरपालिका-२, ताप्लेस्थित कोखे गाउँसँगै देखिएको हिमशृंखला। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- माघ ५
मादल मर्मत गर्दै ।  रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतुमा मादल मर्मत गर्दै ५६ वर्षीय गगन वादी। व्यावसायिक रूपमा मादल बनाउने पेसामा लागेका वादीले मादल रु एक हजार पाँच सयदेखि २५ हजार सम्ममा बिक्री गर्दै आएका छन्। तस्बिर : बलबहादुर ओली/रासस
आजका तस्बिर- माघ ५
कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ।  रवि मिश्रले नयाँ बानेश्वरस्थित एनबी सेन्टरस्थित उमोजा क्याफेमा 'डिपेक्सन' नाम दिएर १० दिने प्रदर्शनी सुरू गरेका छन्। उनले १७ वर्षदेखि विभिन्न अखबार र म्यागेजिनमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ ५
फूल टिप्दै ।  झम्सिखेलको एक घरको वालमा फुलेको फूल टिप्दै एक वृद्धा। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- माघ ५
रूद्रायणी देवीको १२ वर्षे जात्रा ।  ललितपुरको पाटनमा रूद्रायणी देवीको १२ वर्षे जात्रा लागेको छ। खोकनाको रूद्रायणी देवीको जात्रा पाटनमा लागेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्