आजका तस्बिर- माघ ६
आजका तस्बिर- माघ ६
फिनाममा नयाँ झोलुङ्गे पुल ।  गोरखा नगरपालिका-४ स्थित फिनाममा निर्माण गरिएको झोलुङ्गे पुल। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- माघ ६
परशुराम मूर्ति ।  डडेल्धुराको परशुराम नगरपालिका महाकाली किनारमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मध्येको एक मानिने परशुराम धाममा रहेको भगवान परशुरामको अग्लो मूर्ति। यो मूर्ति हेर्न र धामको अवलोकन गर्न आन्तरिक पर्यटकहरू भित्रिने क्रम बढेको छ। तस्बिर: धनबहादुर भण्डारी/रासस
आजका तस्बिर- माघ ६
शितलहर र बाक्लो कुहिरोले जनजीवन प्रभावित ।  शनिबार बिहान सर्लाही सदरमुका मलङ्गवामा लागेको कुहिरो। चिसो हावासँगै झरिरहेको शितलहर तथा बाक्लो मात्रामा लागेको कुहिरोका कारण सर्लाही जिल्लाको जनजीवन प्रभावित भएको छ। तस्बिर: विश्वनाथ ठाकुर/रासस
आजका तस्बिर- माघ ६
कालोपत्रेलाई तीव्रता ।  मुग्लिन पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा कालोपत्रे गरिँदै। पूर्वी खण्डअन्तर्गत हालसम्म १९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ ६
हाम्रो जोडी, राम्रो जोडी! ।  शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा भएको ‘अल ब्रिड च्याम्पियन डग शो’ मा सहभागी कुकुर। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्