आजका तस्बिर- माघ ९
आजका तस्बिर- माघ ९
पार्किङ हटाएपछिको न्युरोड ।  काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ ९
सोवाङ धुरी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमशृङ्खला। चिमखोलादेखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ ९
काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन ।  काठमाडौंका सडक व्यापारीहरूले काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। शान्तिवाटिकादेखि र्‍याली निकालेर उनीहरूले काठमाडौं प्लाजास्थित काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ ९
के भइराछ त्यहाँ? ।  काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले सटर बन्द गरेरे विरोध गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- माघ ९
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी ।  सेना दिवस २०८० को अवसरमा आयोजित नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी। मंगलबारदेखि माघ १३ गतेसम्म जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिएका छन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ ९
सोवाङ धुरी ।  म्याग्दीको रघुगंगा गाँउपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमशृङ्खला। चिमखोलादेखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्