आजका तस्बिर- माघ १०
आजका तस्बिर- माघ १०
जाजरकोटको सेपुखोला गाउँ ।  जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोला गाउँ र आसपासको दृष्य। सडक सञ्जालसँग जोडिएपछि यहाँ बजारीकरण बढ्दै गएको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- माघ १०
झ्यालबाट हेर्दै ।  कीर्तिपुरको एक घरको झ्यालबाट बाहिर हेर्दै बुढीआमा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १०
भेडा बाख्रालाई नुन खुवाउँदै किसान ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित चरन क्षेत्रमा भेडा बाख्रालाई ढुङ्गामा राखेर नुन खुवाउँदै भेडापालक किसान।तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- माघ १०
काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ रोकेपछि विरोधमा व्यवसायी ।  काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन्। महानगरले मंगलबारदेखि न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोकेको थियो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- माघ १०
बिक्रीका लागि सङ्कलन गरेको गोलभेँडा ।  दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित राप्ती बबई एग्रिकल्चर प्रालिमा बिक्रीका लागि टिपेर सङ्कलन गरेको गोलभेँडा। रोल्पा रुन्टीगढीका महेन्द्र खड्काले दश बिघा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्