आजका तस्बिर- माघ १२
आजका तस्बिर- माघ १२
माटाका भाडा बनाउँदै गरेको दृश्य कैद गर्न खोज्दै ।  विश्वसम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुर दरबार स्क्वायर आसपास क्षेत्रमा पुरानो परम्परागत शैलीबाट माटाका भाडा बनाउँदै गरेको दृष्य कैद गर्न खोज्दै विदेशी नागरिक। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- माघ १२
गाईवस्तुलाई खुवाउन परालको जोहो ।  दाङको घोराही उपमहानगरपालिका–११ स्थित टारी गाउँवासीले गाईवस्तुलाई खुवाउन सुरक्षित गरेर राखेको पराल र खाना पकाउन तयार गरिएको गोबरको गुइँठा। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ १२
सडक भासिँदा बस पर्‍यो कोल्टे ।  काठमाडौं नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ। तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १२
दुर्गम बस्तीमा पुगेको सडक ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गमबस्ती मलम्पारमा पुगेको सडक। सडक सञ्जाल पुगेपछि यहाँका स्थानीयलाई सदरमुकाम आउन जान र गाउँपालिकाको केन्द्र पुग्नका लागि सहज भएको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- माघ १२
सदर चिडियाखानाको आइसोलेसनमा हिउँचितुवा ।  मोरङको चारघरे भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानास्थित आइसोलेसनमा राखिएको छ। चिडियाखानाले शुक्रबार पत्रकार सम्मेलन गरी यसलाई सार्वजनिक गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्