आजका तस्बिर- माघ १४
आजका तस्बिर- माघ १४
धरहरामा पार्किङ ।  आइतबारदेखि धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। न्युरोडक्षेत्रमा सडक किनाराबाट पार्किङ हटाएर काठमाडौं महानगरले धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङ गर्ने व्यवस्था मिलाएको हो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १४
एकीकृत समाजवादीको बैठक ।  नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद् बैठक सुरू भएको छ। बैठक सोमबारसम्म चल्नेछ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १४
रामकुमारी झाँक्री ।  आइतबारदेखि काठमाडौंमा सुरू भएको एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषदको बैठकमा सहभागी हुँदै पार्टीकी सचिव रामकुमारी झाँक्री। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १४
हात्ती र माहुते ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोस्टमा रहेका सफारीका लागि तालिमप्राप्त हात्ती र माहुते।तस्बिर: महादेव अवस्थी/रासस
आजका तस्बिर- माघ १४
जमेको छहरा ।  मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखुमा रहेको हिउँले जमेको छहरा । मनाङमा अत्याधिक चिसो बढेसँगै झरना, छहरा, ताल-तलैया र खोलानालाको पानी जमेका छन्। तस्बिर : नवीन लामिछाने / रासस
आजका तस्बिर- माघ १४
जीर्ण बन्दै चक्रव्यूह ।  शुक्लाफाँटा नगरपालिका ११ अमरपुर रामजानकी मन्दिर परिसरमा रहेको जीर्ण अवस्थाको चक्रव्यूह । एक सय एक शिव लिङ्गसहित एक दशक अघि निर्माण गरिएको चक्रव्यूह मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु / रासस
आजका तस्बिर- माघ १४
कर्णाली नदीमा माछा मार्दै ।  बर्दियाको मघुवन नगरपालिका र राजापुर नगरपालिकामा पर्ने कर्णाली नदीमा माछा मार्दै स्थानीय। तस्बिर: सरोज कामत / रासस
आजका तस्बिर- माघ १४
पनौतीको ब्रम्हायणी मन्दिर ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ६ र ७ को संगमस्थल त्रिवेणी घाटमा रहेको ब्रम्हायणी मन्दिर परिसर । तस्बिर : पेमा लामा / रासस
आजका तस्बिर- माघ १४
जेटबोटबाट जलयात्रा गर्दै ।  भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीको कोप्चेबाट जेटबोटको मध्यमबाट जलयात्रा गर्दै स्थानीय । स्थानीय भिरको बाटो तीनदेखी चार घण्टा पैदल हिँडेर चतरा पुग्नु पर्ने अवस्थामा जलयात्रामार्फत चतरासम्मको करिव १९ किलोमिटर दुरी २० देखी २५ मिनेटमा पुग्ने गरेका छन्। तस्बिर : युवराज विष्ट / रासस
प्रतिक्रिया दिनुहोस्