आजका तस्बिर- माघ १५
आजका तस्बिर- माघ १५
हिउँमा भारी बोकेका भरिया ।  टोड्के-धौलागिरि-पानोरमा पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीदेखि कुइनेखानीतर्फ पर्यटकका भारी बोकेर हिउँले ढाकिएको बाटोमा यात्रा गर्दै भरिया। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- माघ १५
झरना ।  बुद्धसिंह मार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकास्थित सडकछेउ रहेको झरना। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ १५
नाइल ताल ।  गोदावरी नगरपालिका–१२ स्थित चुरे पहाडमा रहेको ऐतिहासिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने नाइल ताल। संरक्षण नहुँदा पुरिँदै गएको सो ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ। तस्बिर: मीन ठकुरी/रासस
आजका तस्बिर- माघ १५
लिच्छवीकालीन चैत्य ।  नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित लिच्छवीकालीन स्वयम्भू चैत्य (बिहार) को पुनर्निर्माणको क्रममा जगसतह उत्खनन् गर्दा फेला परेको शिलाबाट निर्मित ऐतिहासिक चैत्य (शून्यताको बोध)। प्राप्त तथ्यांक अनुसार उक्त चैत्य एक हजार चौधसय वर्षभन्दा पुरानो भएको ठानिएको छ। तस्बिर: रामहरि न्यौपाने / रासस
आजका तस्बिर- माघ १५
नाम्चे बजार ।  हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-५ स्थित नाम्चे बजार । सगरमाथाको प्रवेशद्वारको रूपमा नाम्चे बजार चिनिने गर्छ। तस्बिर: सुवास दर्नाल­/रासस
प्रतिक्रिया दिनुहोस्