आजका तस्बिर- माघ १६
आजका तस्बिर- माघ १६
धुम्म काठमाडौं! ।  काठमाडौंको मौसम धुम्म देखिएको छ। मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेर धुम्म देखिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १६
सुनसान घरहरू ।  चिसोका कारण स्थानीय बेँसी झरेपछि ढोरपाटन उपत्यकाका सुनसान बनेका घरहरू। हरेक वर्ष ढोरपाटन उपत्यकामा बस्ने स्थानीय बर्खामा गर्मी छल्न लेक र हिउँदमा जाडो छल्न बेँसी गर्ने गर्छन्। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- माघ १६
जीर्ण पुलबाट सरसामग्री ढुवानी मोटरसाइकलमा ।  
आजका तस्बिर- माघ १६
पापिनी मेला ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँख गाउँमा परम्परागत रूपमा लाग्दै आएको पापिनी मेला। (मेलाको नाम) जहाँ किशोरीकिशोरीबीच विवाह भएपछि मेला समापन हुन्छ। हरेक वर्ष माघ १५ गते राति यो मेलामा किशोरीकिशोरी विवाह हुने गरेको छ। यसो गर्नाले गाउँमा शान्ति मिल्छ भन्ने जनविश्वास छ। तस्बिर: बलबहादुर ओली/रासस
आजका तस्बिर- माघ १६
निषेधित क्षेत्र हटाउन माग गर्दै माइतीघरमा फोटो प्रदर्शनी ।  काठमाडौंको माइतीघर मण्डल क्षेत्रमा तोकिएको निषेधित क्षेत्र हटाउन माग गर्दै फोटो प्रदर्शनी गरिएको छ। मंगलबार दिउँसो कांग्रेसको भ्रातृ संगठन नेविसंघले माइतीघर क्षेत्रमा फोटो प्रदर्शनी गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्