आजका तस्बिर- माघ १७
आजका तस्बिर- माघ १७
केशर महल चिटिक्क ।  भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको राणाकालीन भवन केशर महल चिटिक्क देखिन थालेको छ। २०७६ मंसिरदेखि सुरू गरिएको केशर महलको पुनर्निर्माणको काम करिब ९० प्रतिशत सकिएको बताइएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ १७
संसद भवन निरीक्षण ।  संघीय संसद भवनको निरीक्षण गरिएको छ। संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय र कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूले बुधबार संसद भवन निरीक्षण गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ १७
तोरीखोला गाउँ ।  बागलुङको गलकोट नगरपालिका–२ स्थित तोरीखोला गाउँ। यहाँ रहेको बाक्लो बस्तीले आन्तरिक तथा बाह्य पर्यटकलाई अकर्षित गर्ने गर्छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- माघ १७
मानुङकोट ।  तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोट। जाडो मौसममा मानुङकोटमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ १७
सरस्वतीको मूर्तिलाई आकार दिँदै मूर्तिकार ।  सुनसरीको इनरुवामा माटोबाट बनाउँदै गरेको सरस्वतीको मूर्तिलाई आकार दिँदै स्थानीय मूर्तिकार मनोज मेहता। सरस्वतीको मूर्ति दुई हजार पाँच सयदेखि १० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्