आजका तस्बिर- माघ १८
आजका तस्बिर- माघ १८
व्यावसायिक प्याराग्लाइडिङ सुरू ।  सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक। वीरेन्द्रनगरको अवलोकन गर्नेगरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरू भएको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ १८
जीर्ण काठेघर ।  ढोरपाटन नगरपालिका–९ पाखाथरस्थित जीर्ण बन्दै गएको तिब्बती शरणार्थी बसोबास गर्ने काठेघर। पछिल्लो समय तिब्बती शरणार्थी बस्न छोडेपछि घरहरू जीर्ण बन्दै गएका हुन्। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- माघ १८
ललितपुरमा मोबाइल एप सुरू ।  ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरू गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ १८
मौलिक पोशाकमा ठाडाखानीका छन्त्याल ।  मौलिक पोसाकमा सजिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय सामूहिक तस्बिरमा। छन्त्याल समुदायको जीवनशैली र संस्कृति म्याग्दीको टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको आकर्षण हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ १८
हुम्लामा हिमपात ।  हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात। तस्बिरः दाने बोहरा/रासस
आजका तस्बिर- माघ १८
चिसो बढ्यो ।  काठमाडौं उपत्यकामा चिसो बढेसँगै आगो बालेर ताप्दैै सर्वसाधारण।तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्