आजका तस्बिर- माघ २०
आजका तस्बिर- माघ २०
हिमपात भएपछि देखिएको हिमाल ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भञ्ज्याङबाट शनिबार देखिएको लाङटाङ हिमाल। तस्बिर:हरिराम भेटुवाल/रासस
आजका तस्बिर- माघ २०
घाँस दाउरा ल्याउँदै ।  प्युठान गौमुखी गाउँपालिका–१ अर्खा भुजेलमाराको जंगलबाट घाँस दाउरा ल्याउँदै स्थानीय। तस्बिरः शशिधर भण्डारी / रासस
आजका तस्बिर- माघ २०
ठाडाखानी गाउँ ।  अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ। ठाडाखानीलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ २०
पुथा हिमाल ।  रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-३ स्थित झुल्नेटा बजारबाट शनिबार देखिएको पुथा हिमालको दृश्य। पश्चिम धौलागिरी हिमशृङ्खला अन्तर्गत पर्ने रुकुम पूर्वको यो हिमाल ७ हजार २ सय ४६ मिटर अग्लो छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्