आजका तस्बिर- माघ २१
आजका तस्बिर- माघ २१
घोराही बजार ।  ड्रोन क्यामराबाट लिएको दाङ जिल्लाको सदरमुकाम तथा घोराही उपमहानगरपालिकाको केन्द्र घोराही बजार र आसपासको दृश्य । तस्विरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ २१
विद्युत पावर हाउस निर्माणस्थल ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ बबईमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको विद्युत पावर हाउस निर्माणस्थल । आयोजनाको बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ २१
त्रिवेणी धाम ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने महत्वपूर्ण धार्मिकस्थल त्रिवेणीधाम । भारतबाट आएको तमसा, चितवनको माडीबाट आएको स्वर्णभद्रा र नारायणी नदीको सङ्गमस्थलमा रहेको त्रिवेणीधाम भारतीय सीमा क्षेत्रसँग जोडिएको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर- माघ २१
मानुहुँकोट ।  तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोट । जाडो मौसममा सूर्योदय र कुहिरो हेर्न यहाँ आन्तरिक पर्यटकको चहलपहल बढी हुन्छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- माघ २१
उपत्यकामा छिटपुट वर्षा ।  ललितपुरमा छिटपुट पानी परेपछि छाता ओड्दै पैदलयात्रु। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- माघ २१
खोले साग ।  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछाडि कटुवा खोलामा स्थानीयले गरेको खोले सागको खेती। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
प्रतिक्रिया दिनुहोस्