आजका तस्बिर- माघ २३
आजका तस्बिर- माघ २३
रूसी दूतावासअगाडि धर्ना ।  काठमाडौंको बालुवाटारस्थित रूसी दूतावासअघि रूस गएकाहरूको परिवारका सदस्य र आफन्तहरूले धर्ना दिएका छन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- माघ २३
सिमकोट विमानस्थलमा तारा र समिट एयरलाइन्स ।  नेपालगञ्जबाट उडान भरेर सिमकोट विमानस्थल आइपुगेका तारा र समिट एयरलाइन्स। तस्बिरः दाने बोहरा/रासस
आजका तस्बिर- माघ २३
सुस्तालाई नेपाली भूमिसँग जोड्ने पुल ।  नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माणाधीन ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’। निर्माणको अन्तिम चरणमा रहेको एक हजार ५७१ मिटर लामो झेलुङ्गे पुल निर्माणपछि सुस्ताका बासिन्दा सिधै नेपाली भूमिसँग जोडिनेछन्। तस्बिर: टेकराज पोखरेल/रासस
आजका तस्बिर- माघ २३
सोलुखुम्बुको च्याल्साबाट देखिएको नुम्बुर र गुम्बा ।  हिमाली जिल्ला सोलुखुम्बुको च्याल्सा क्षेत्रबाट देखिएको नुम्बुर हिमालको काखमा अवस्थित गुम्बा। शेर्पा समुदायहरूको आस्थाको केन्द्र यस गुम्बामा दर्जनौं बौद्ध भिक्षुहरू बस्ने गर्छन्। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- माघ २३
महानगर प्रहरीले शान्तिवाटिकाबाट हटायो प्रदर्शनकारीलाई ।  काठमाडौंको शान्तिवाटिकामा बसेका प्रदर्शनकारीहरूलाई महानगर प्रहरीले हटाएको छ। मंगलबार बिहान काठमाडौं महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्