आजका तस्बिर- माघ २५
आजका तस्बिर- माघ २५
माघ महिनामै फुल्यो लालीगुराँस ।  मकवानपुरको थाहा नगरपालिका–४ स्थित दामनमा माघ महिनामा फुलेको लालीगुराँस। यसवर्ष लालीगुराँस विगतका वर्षभन्दा चाँडै फुलेको त्यहाँका स्थानीय बताउँछन्। तस्बिर:हरिराम भेटुवाल/रासस
आजका तस्बिर- माघ २५
सानो झरना ।  चितवनको राप्ती नगरपालिका–१३ गुन्दीस्थित भण्डारा–मलेखु चेपाङ मार्गमा रहेको सानो झरना। प्रचारप्रसारको अभावमा यस क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरू ओझेलमा परेका छन्। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- माघ २५
रौतहट लैजाँदै पवित्र शिला ।  पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला। बुधबार विशेष पूजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो।पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीबाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ।तस्बिर:लक्ष्मीप्रसाद सापकोटा/रासस
आजका तस्बिर- माघ २५
चरन खर्कमा भेंडाका बथान ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको चरनखर्कमा रहेका भेंडाका बथान। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- माघ २५
क्यानडाविरूद्ध नेपालको रोमाञ्चक जित ।  नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्