आजका तस्बिर- माघ २६
आजका तस्बिर- माघ २६
वेशभूषामा विद्यार्थी ।  एन प्याब्सन तनहुँको आयोजनामा शुक्रबार दमौलीमा आयोजित अन्तरविद्यालय नृत्य प्रतियोगितामा मौलिक वेशभूषामा सजिएका व्यास–४ स्थित दमौली फ्युचर बोर्डिङ स्कूलका विद्यार्थी। प्रतियोगितामा २२ विद्यालयको सहभागिता रहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ २६
आलु खेती ।  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका-१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको जग्गामा व्यावसायिक रूपमा गरेको आलु खेती। पार्टीले गत वर्षदेखि गरुवागाउँमा रहेको जयशेर माध्यमिक विद्यालय रावतगाउँको छ बिगाह क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक रूपमा कृषि उपज उत्पादन गर्दै आइरहेको छ। प्रति बिगाह वार्षिक रू. २३ हजारका दरले दश वर्षको लागि भाडामा लिएको जग्गामा आलु खेती गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ २६
मुढा बुन्दै ।  मोरङको बेलबारी नगरपालिकास्थित यहाँको बजारमा बिक्रीका लागि मुढा बुन्दै व्यापारी दलबहादुर थम्देन। तस्बिर: मणिराम दाहाल/ रासस
आजका तस्बिर- माघ २६
बगानमा सुन्तला टिप्दै किसान ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णमा व्यावसायिक सुन्तला खेती गरेका किसान बद्रीप्रसाद अधिकारी आफ्नो बगानमा सुन्तला टिप्दै। ३३ रोपनी क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका किसान अधिकारीले वार्षिक रु.१० लाख आम्दानी गर्दै आएको बताए। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- माघ २६
परम्परागत शैलीमा गरिएको मकै भण्डारण ।  मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छालमा घरको भित्तामा झुण्डाएर राखिएको मकैको झुत्ता। ग्रामीण क्षेत्रमा यसैगरी परम्परागत रूपमा मकै भण्डारण गरिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्