आजका तस्बिर- माघ २७
आजका तस्बिर- माघ २७
सोनाम ल्होछार ।  सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै कलाकार। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ २७
डुंगा सयर ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ मार्खुस्थित इन्द्रसरोवर ताल (कुलेखानीमा जलाशय)मा शनिबार डुंगा सयर गर्दै आन्तरिक पर्यटक। तस्बिर: हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- माघ २७
तोरी खेती ।  धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरूण नदी किनारमा रहेको खेतमा किसानहरूले लगाएको तोरी खेती। जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ। तस्बिर: नारायण कुमार राई/रासस
आजका तस्बिर- माघ २७
कुन्छाल गाउँ ।  मकवानपुरको थाहा नगरपालिका वडा नं. १ मा अवस्थित कुन्छाल गाउँका घरहरु । गोपाली समुदायको बसोबास रहेको यस गाउँका स्थानीयले कुखुरा पाल्दैनन्। तस्बिर : हरिराम भेटुवाल / रासस
प्रतिक्रिया दिनुहोस्