आजका तस्बिर- माघ २९
आजका तस्बिर- माघ २९
चिनियाँ नयाँ वर्ष ।  काठमाडौंको टुँडिखेलमा पूर्व सन्ध्यामा चिनियाँ नयाँ वर्ष मनाउँदै। तस्बिर नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- माघ २९
घोडा नाच ।  नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई घोडा नाच देखाउँदै किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदाय। तस्बिरः रासस
आजका तस्बिर- माघ २९
उमेर नछेकेको तिलकुमारीको पढ्ने धोको ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ बस्ने तिलकुमारी ५५ वर्षको उमेरमा कक्षा ४ मा पढ्दै। बाल्यकालमा पढ्न नपाएपछि उनी अहिले सुनवल नगरपालिका-१२ मा रहेको श्री जगन्नाथ माध्यमिक विद्यालय भूमहीमा पढ्दै छिन्। उहाँ निरन्तर विद्यालय आउने गरेको विद्यालयले जनाएको छ। तस्बिर: अनिल यादव/रासस
आजका तस्बिर- माघ २९
गायिका पौडेललाई सम्मान ।  राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपछि तस्बिर खिच्दै। तस्बिरः राष्ट्रपति सचिवालय
आजका तस्बिर- माघ २९
खस वेशभूषामा महिला ।  जुम्लाका सामुदायिक रेडियोहरूले १३ औं विश्व रेडियो दिवसको पूर्वसन्ध्याको अवसर पारेर सामाजिक कुरितीविरूद्ध जनचेतनामूलक देउडा प्रतियोगिता कार्यक्रमका लागि जुम्ली खस वेशभूषा यहाँका महिला सामूहिक तस्बिरमा। जिल्लास्थित रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडिया नारी आवाज र रेडियो खुला आकासले आयोजना गरेको छ। यहीँ फागुन २ गते विश्व रेडियो दिवस परेको छ। तस्बिर:विजय रावत/रासस
प्रतिक्रिया दिनुहोस्