आजका तस्बिर- फागुन १
आजका तस्बिर- फागुन १
अन्नपूर्ण हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका–३ कालोपानीको सडकबाट मङ्गलबार देखिएको अन्नपूर्ण हिमाल। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन १
हनुमानको मूर्ति ।  बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा बनाइएको हनुमानको मूर्ति। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- फागुन १
गस्ती गर्दै सेना ।  नेपालको ठूलो र गहिरो रारा ताल र रारा राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानहरु डुङ्गामा सयर गरेर गस्ती गर्दै । तालमा जथाभावी फोहोरमैला, अवैध रुपमा माछा तथा बालुवा चोरी निकासी नहोस्, पाहुना चराको रेखदेख गर्न र आकस्मिक उद्दार कार्यका लागि सेनाले नियमित तालमा पनि निगरानी र गस्ती गर्दै आएको छ। तस्बिरः नृपेन्द्रबहादुर मल्ल / रासस
आजका तस्बिर- फागुन १
धौलागिरि हिमाल ।  बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोटबाट देखिएको धौलागिरि हिमाल । पञ्चकोटबाट आँखै अगाडि देखिने धौलागिरि हिमालले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पार्दछ। तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्