आजका तस्बिर- फागुन २
आजका तस्बिर- फागुन २
म पनि लेख्ने! ।  श्रीपञ्चमी पर्वको अवसरमा बच्चालाई लेख्न सिकाउँदै अभिभावक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २
हनुमानढोकामा वसन्त श्रवण ।  काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा वसन्त श्रवण गरिएको छ। नासलचोक पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरेलगायतले वसन्त श्रवण गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २
झोलुङ्गे पुल हेर्न मेला ।  धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलुङ्गे पुल हेर्न मेलाझैँ देखिएको भिडभाड। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- फागुन २
टायलको छाना लगाइएका घरहरू ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा माटोबाट बनाइएको टायलको छाना लगाइएका घरहरू। पर्यावरणीय हिसाबले टायलको छाना लगाइएको घरमा बस्नु उपयुक्त मानिए पनि पछिल्लो समय जस्तापाताका कारण टायल विस्थापित हुँदै गएको छ। तस्बिर: केदार मगर/रासस
आजका तस्बिर- फागुन २
बौद्ध स्तुप ।  सोलुखुम्बुको गार्मामा रहेको बौद्ध स्तुप। बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बौद्ध स्तुपले आन्तरिक पर्यटन आकर्षित गर्नुका साथै गाउँको सौन्दर्यतासमेत अभिवृद्धि गरेको छ। तस्बिर: सुवास दर्नाल/रासस
प्रतिक्रिया दिनुहोस्