आजका तस्बिर- फागुन ३
आजका तस्बिर- फागुन ३
विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा ।  ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू भएको छ। नेपालमा पहिलो पटक भएको सम्मेलनको १६ औं संस्करणमा विश्वभरका ९२ देशबाट ४० हजार बढीको सहभागिता छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- फागुन ३
मालिका र भकिम्ले गाउँ ।  बागलुङको पञ्चकोटबाट देखिएको मालिका र म्याग्दीको भकिम्ले गाउँ । अग्लो डाँडामा रहेको यी दुई गाउँले अहिलेसम्म मौलिकता जोगाइराखेको छ। तस्बिर:डम्मर बुढामगर/रासस
आजका तस्बिर- फागुन ३
रामीडाँडा ।  गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिका–१ रामीडाँडा तथा प्रशासकीय केन्द्र लिम्सालगायत आसपासको क्षेत्रहरू। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन ३
डोका बिक्री गर्न हिँडेका शेरसिंह ।  दाङको घोराही उपमहानगरपालिका– १९ स्थित सैघाबाट घरमा आफैंले चोयाबाट बुनेको डोका बिक्री गर्न घोराही बजार आएका शेरसिंह दमाई। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ३
पाथीभरामा हिउँ खेल्दै तीर्थयात्री ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा हिउँ खेल्दै तीर्थयात्री। तस्बिर: सन्तोष पुर्कुटी/रासस
प्रतिक्रिया दिनुहोस्