आजका तस्बिर- फागुन ४
आजका तस्बिर- फागुन ४
धार्मिक संरचना बन्दै ।  बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा बन्दै गरेका धार्मिक संरचना। विसं २०७१ देखि हालसम्म पञ्चकोटमा करोडौंका धार्मिक संरचना निर्माण भइसकेका छन्। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- फागुन ४
गाईवस्तुलाई खुवाउन घास ल्याउँदै महिला ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका महिला गाईवस्तुलाई खुवाउन खेतबारीबाट घाँस काटेर ल्याउँदै। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन ४
काम्लो बुन्दै जयमाया बुढा ।  दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा । रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपलिका–११ तल्लोसेराकी बुढाले दाङका थारु समुदायले पालेको भेंडाको काटेको रौंं सङ्कलन गरी विभिन्न ऊनका सामग्री तयार गरेर बिक्री गर्दै आएकी छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ४
धवलागिरि टुकुचे पिक हिमालको फेदीमा रहेको पहाड ।  धवलागिरि र टुकुचे पिक हिमालको फेँदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङस्थित पहाड । कोवाङदेखि धवलागिरि हिमालको आधार शिविर र आइसफल जोड्ने पदमार्ग सञ्चालनमा रहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन ४
वर्षा नहुँदै खेत बाँझै ।  वर्षा र हिमपात नहुँदा जुम्लाको तिला गाउँपालिका–१ राराका स्थानीयवासीको खेतीयोग्य जमिनमा हिउँदे बाली लगाउनबाट बञ्चित भएका छन्। तस्बिर: विजय रावत/रासस
प्रतिक्रिया दिनुहोस्