आजका तस्बिर- फागुन ५
आजका तस्बिर- फागुन ५
बाला त्रिपुरा सुन्दरीको मन्दिर ।  हुलाक टिकटमा प्रयोग भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्रभित्र तथा भेरी करिडोरको बीचमा रहेको बाला त्रिपुरासुन्दरीको मन्दिर। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन ५
चित्तल ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदी किनाराका रूखको छहारीमा उभिएका चित्तलका बथान। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन ५
थारू नृत्य ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित कर्जाहिमा शनिबार भएको लालडरिया सिरवार दनुवार गोत्यारहरूको सम्मेलन तथा चिनजान कार्यक्रममा स्थानीय थारू नृत्यले पाहुनालाई स्वागत गर्दै थारू महिला। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ५
तोरी खाँदै सुगाको बथान ।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित खेतमा लगाइएको तोरी बाली खाँदै गरेको सुगाको बथान। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन ५
गण्डकी माताको मन्दिर ।  बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर। यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक २ देखि ३ सयको हाराहारीमा पयर्टक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माण कार्य भइरहेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्