आजका तस्बिर- फागुन ७
आजका तस्बिर- फागुन ७
स्वागत गर्दै बालिकाहरू ।  गोदावरीमा जारी कांग्रेस महासमिति बैठक सुरू हुनुअघि शीर्षस्थ नेताहरूलाई स्वागत गर्न बसेका बालिकाहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन ७
लुम्बिनीदेखि हिँडेरै काठमाडौं आइपुगे ई:सहित प्रदर्शनकारी ।  अभियन्ता ई:सहित प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौं आइपुगेका छन्। सोमबार दिउँसो अभियन्ता ई: र सडक व्यवसायीहरू पैदल यात्रा गरी काठमाडौंको भद्रकाली आइपुगेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- फागुन ७
नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि ।  राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- फागुन ७
कर्रा साँवरी चरा ।  दाङको घोराही उपमहानगरपालिका १७ कर्जाहीस्थित जलाशय नजिकको रुखमा बसेको कर्रा साँवरी चरा। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- फागुन ७
अन्तर्राष्ट्रिय झण्डा पार्क ।  पोखराको मुख्य बजारक्षेत्र महेन्द्रपुलमा लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा निर्माण गरिएको अन्तर्राष्ट्रिय झण्डा पार्क। पार्कमा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूसहित १९७ झण्डा राखिएको छ। तस्बिर: कृष्ण दवाडी/रासस
प्रतिक्रिया दिनुहोस्